प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
आश्विन २०८०
“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८०” अन्तर्गत काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन सम्पन्न
२०८०-०६-२४

काठमाण्डौ, २४ असोज        नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८० को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८०-०६-२४ गते बुधबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।        “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८०” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । निरीक्षणको क्रममा कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी कार्य र परिचालन कक्ष, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको काम कारवाहीको निरीक्षण भएको थियो ।        निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले प्रहरी कर्मचारीहरुका जिज्ञासा सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका अन्तर्गत खटिने प्रहरी कर्मचारीहरू देशकै नमूना प्रहरी हुनुपर्ने हुँदा अझै व्यवसायिक भई कार्य सम्पादन गर्न साथै प्रहरी कार्य गर्दा बोली र व्यवहारमा अत्यन्त नरम तथा कानून पालनामा  कठोर हुन उपस्थित बरिष्ठ अधिकृत तथा जवानहरुलाई निर्देशन समेत दिनुभयो । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर रानाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा मातहत समेतको काम कारवाहीको सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो ।  

का.उ.प्र.का रानीपोखरीद्वारा २०८० सालको चाडपर्व लक्षित सुरक्षा योजना जारी गरिएको
२०८०-०६-२२

काठमाण्डौ, २१ असोज         नेपाली हिन्दुहरुको महान चाडपर्व बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ,  काठमाण्डौ, ललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट संयुक्तरुपमा तयार पारिएको सुरक्षा योजना अनुरुप प्रविधिसमेतको उच्चतम प्रयोग गरी अति प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गरी समाजमा शान्ति, सुरक्षा, अमय चयन कायम गरिने छ । क)        चाडपर्वमा शान्ति, सुरक्षा तथा अमन चयन कार्यका लागि खटिने प्रहरी:१.    यो सुरक्षा योजना मिति २०८०।०६।२१ गतेदेखि बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठपर्वसम्म कायम रहने छ ।२.   काठमाण्डौ उपत्यकास्थित ३ वटै जिल्लाहरुमा पैदल गश्ती, मोवाइल गश्ती, क्यूआरटि, सिआरभी, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, आकश्मिक चेकजाँच, CCTV, Walk Through Gate, Drone, Body worn camera बाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका Pro-active Policing को माध्यमद्वारा चाडपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।३.     बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर-गहनाको कारोवार हुने स्थानहरुमा सादा पोशाकमा सञ्‍चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाई सुरक्षा प्रदान गरिने छ ।४.    यात्रुहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १७ (काठमाण्डौ-१२, ल.पु.-३ र भ.पु-२) स्थानमा जनपद प्रहरी र १४ स्थानमा ट्राफिक प्रहरीद्वारा गरी जम्मा ३१ स्थानमा यात्रु सहायता कक्ष (Help Desk) स्थापना गरिएको छ ।५.   काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरु, मल- मार्टहरु र मुख्य-मुख्य नाकाहरुमा आधुनिक प्रविधिका साथै केनाइन    कार्यालयबाट तालीमप्राप्‍त कुकुरबाट चेकजाँच (Dog sniffing and search) गरिनेछ ।६.     उक्त कार्यका लागि ५८३३ जना प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।ख)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:          १. सवारी साधनको टिकटको कालो बजारी बढ्न सक्ने, एउटै टिकट पनि धेरैजनालाई बेचिन सक्ने, आरक्षित सिट अन्य व्यक्तिले ओगट्न सक्ने, यात्रुको चाप अनुसार सवारी साधनको व्यवस्थापनमा कठिनाई हुन सक्ने, छतमा यात्रु र सामान राखिन सक्ने, अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्ने, लामोदुरीका सवारी साधनहरुमा दुई वटा चालक नराखिन सक्ने, मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउन सक्ने, तीब्र गतिमा सवारी साधन चलाउन सक्ने जस्ता कार्यबाट सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा दुर्घटनालाई न्यूनीकरण गरी यात्रुहरुको आवागमन सुरक्षित गराउने ।            २.  उक्त कार्यका लागि १८०० जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।ग)        चाडपर्वमा जम्मा खटिने प्रहरी सुरक्षाकर्मीहरुको संख्या ७६३३ हुनेछ ।प्रहरी सम्पर्कको लागि:-•           कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गरौँ,•           प्रहरी कन्ट्रोल- १००, ०१-४२२८४३५ र ९८५१२८३०२६,•           ट्राफिक प्रहरी कन्ट्रोल-१०३,•           महिला तथा बालबालिका खोज तलास केन्द्र, भृकुटीमण्डप -१०४ ।साथै चाडपर्वमा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज, र समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ:निम्न:१.         अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।२.         नगद, वहुमूल्य सामान, गर गहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजाऔँ ।३.         घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ / छैन एकिन गरौँ र सकेसम्म साइरन जडित ताल्चा जडान गरौँ ।४.         लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खवर गर्ने गरौँ ।५.         सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोवार गर्ने गरौँ । आफ्नो मोवाइल बैंकिङको One time password (OTP) हरदम गोप्य राखौँ । चेकबाट कारोबार गर्नु पर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्ने गरौँ ।६.         सामाजिक सञ्‍जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य कदापि नगरौँ ।७.         लङ्गुरबुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बनौँ ।८.         मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी कदापि सवारी नचलाऔँ ।९.         ट्राफिक नियमको सदैव पालना गरौँ ।१०.       हर्षोल्लास सहित चाडपर्व मनाऔँ, अपराध कार्यलाई भगाऔँ ।अन्त्यमा,“यहाँहरु ढुक्कले चाडपर्व मनाउनुहोस, प्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैँछ नि”!

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८०-०६-२०

काठमाण्डौ, २० असोज     मिति २०८०-०६-२० गते मोर्डन बोर्डिङ सेकेण्डरी स्कुल र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,कटुञ्जे भक्तपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम भक्तपुर नगरपालिका ०१ सृजनानगरमा सम्पन्न भएको छ ।       कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।      आधुनिक समाजमा आधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी ठगीका घटनाहरू बढेकोमा सो मध्ये सामाजिक संञ्जालको प्रयोग गरी ठगीको घटनाहरू अत्याधिक वृद्दी भएकाले सामाजिक संञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।     कार्यक्रममा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक चक्रराज जोसीले लागुऔषधको बारेमा प्रशिक्षण गर्नुहुदै लागुऔषध दुर्व्यसनमा नलाग्न अनुरोध गर्नुभयो । कार्यक्रमका सभापति मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलका प्राचार्य राजन कस्पालले लागुऔषध सेवनले समाजमा गम्भिर घटना घटन सक्नेहुदा त्यस तर्फ सचेत हुन विद्यार्थीहरूलाई अनुरोध गर्दै हरेक प्रहरमा खटि नागरीक तथा समाजको सुरक्षामा खटिने नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गर्नु भयो ।           जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक  बेद बिष्ट, प्रहरी वृत्त जगतीका प्रमुख प्रहरी नायव उपरीक्षक दिप्ति कार्की,सुर्यविनायक नगरपालिका ५ का वडा अध्यक्ष, भक्तपुर नगरपालिका वडा नम्वर ०१ का वडा  सदस्य, प्रहरी कर्मचारीहरू, स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको कार्यक्रममा  सोही मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलका विद्यार्थीहरूले  लागुऔषध  सम्बन्धी लघुनाटक तथा बिबिध संस्कृति प्रस्तुत गरिएको थियो ।

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चार जना पक्राउ
२०८०-०६-१८

काठमाण्डौ, १७ असोज        काठमाण्डौ महानगरपालिका-२४ हनुमानढोका परिसर अगाडि ओखलढुङ्गा लिखु गाउँपालिका-४ घर भई काठमाण्डौ क्षेत्रपाटी बस्ने १७ वर्षीय सनि कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका-१९ घर भई ललितपुर लुकुसी बस्ने २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिका-१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौंडा उपमहानगरपालिका-‍२ घर भई काठमाण्डौ महानगरपालिका-२४ बस्ने १९ वर्षीया भुमी मल्ल र ललितपुर गोदावरी नगरपालिका-५ घर भई हाल ललितपुर नागाबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी रहेका छन् ।        धारिलो हतियार प्रहारबाट सोमबार राति गम्भीर घाइते भएका सनि कार्कीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाण्डौ महानगरपालिका-२४ मखनबाट, भुमी मल्ललाई काठमाण्डौ क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका-१६ बाट घटनामा प्रयोग भएको चक्कुसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।        उनीहरू उपर काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको छ । 

अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित पक्राउ
२०८०-०६-१८

काठमाण्डौ, १७ असोज        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १५ अमेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय ९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ, ६ लाख ७ हजार ४ सय ९६ नेपाली रूपैयाँ र नेपाली लगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचिन मुद्राहरु ६४ थानसहित अमेरीकी नागरिक ७० वर्षीय DAVID ALAN HARWOOD लाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।        थाई उडानद्वारा काठमाण्डौबाट बैंकक जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच तथा तलासी गर्ने क्रममा अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न दर र सिक्कामा रहेका उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
२०८०-०६-१३

काठमाण्डौ, १३ असोज     मिति २०८०-०६-१३ गते प्रहरी वृत्त सातदोवाटो तथा सामुदायिक प्रहरी सेवा केन्द्र,तिखेदेवल ललितपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम ललितपुर महानगरपालिका तिखेदेवल चुमलुङ भवनमा सम्पन्न भएको छ।        नागरिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्र.अ.म.नि. थापाले चाडपर्वको सुरक्षाको लागि सम्बन्धि निकायहरूसँग समन्वय गरी एकिकृत सुरक्षा व्यवस्था गर्ने बताउनु भयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।      प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिने बारे जानकारी गराउनु भयो । लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।     कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पण्डितले प्रहरी सरकारको प्रतिनिधि भएको र नागरिकहरूको सुझावबाट समाजको सुरक्षा व्यवस्थाको लागि मागदर्शन हुने बताउनु भयो ।       पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा.गोविन्द प्रसाद थापा लगायत पुर्व प्रहरी कर्मचारीहरू, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्धि विक्रम शाह, ललितपुर महानगरपालिका १४ र १५ का वडा अध्यक्ष, ललितपुर महानगरपालिका वडा १३ का वडा सदस्य,प्रहरी कर्मचारीहरू स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
२०८०-०६-०७

काठमाण्डौ, ०६ असोज        मिति २०८०-०६-०६ गते अं.८ बजे देखी सुरू भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेबी काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम काठमाण्डौ महानगरपालिका  वडा नं. ४ बैष्णबी टुँडालदेबी माताको मन्दिरको प्राङगणमा जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१०:०० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।        कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई  चिर्न नागरिकको  भुमिका पुलको रुपमा रहेको बताउनु भयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह  दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।        प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी गराउनु भयो ।  लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायहरूमा पुन:स्थापना  केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।        जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
२०८०-०६-०६

२० औ साधारण सभा तथा सातौ अधिवेश कार्यक्रम सम्पन्न
२०८०-०६-०६

काठमाण्डौ, ०६ असोज        मिति २०८०-०६-०६ गते अं.१२ बजे सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानोबषपार्कको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा २० औ साधारण सभा तथा सातौ अधिवेश कार्यक्रम काठमाण्डौ महानगरपालिका  वडा नं २८ सिटि म्याक्स हलमा सुरू भएको थियो ।        साधारण सभा तथा अधिवेशनबाट निर्वाचित हुने पदाधिकारीहरूलाई शुभकामना व्यक्त गर्नुहुदै प्र.अ.म.नि. थापाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह   दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।        लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायहरूमा पुन:स्थापना  केन्द्रहरू राख्नुपर्नेमा जोडदिनुहुदै प्र.अ.म.नि. थापाले प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी गराउनु भयो ।        स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २०० जनाको उपस्थितिमा अं.०२:०० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

अधिक लोड >>
कम देखाउनुहोस् <<